एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ: शर्मा
२०८२ श्रावण ०८ बिहीवार
- बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् ।
संसदमा प्रस्तावमा गरिएको मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरु बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरुलाई कसरी हामीले नियन्त्रण गर्ने महत्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचविखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’
उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० गर्ने विधेयकले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘मानव तस्करी र बेचविखन दुई तरिकाले भइरहेको छ । एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको छ । खाडि मुलुकमा पुगेका महिलाहरु एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ । वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ ।’
उनले युवाहरु गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’