‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छः सञ्चारमन्त्री गुरुङ
२०८२ असार ३२ बुधवार
- गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको उनले जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आएको बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् ।
गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको उनले जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आएको बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनको जिकिर छ । राजीनामा दिएका मन्त्रीमाथि छानबिन हुने उनले बताए । मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।
‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ । ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।