- केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको थियो ।
काठमाडौँं, ३० अषाढ़ । नेपाली काङ्ग्रेसका नेता एवं सांसद डा. सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको बताए । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत व्यक्त गरे ।
‘नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिद्धारा गरिएको भनिएको प्रतिशोधपूर्ण र औचित्यहीन अनुशासनको कारबाही’का सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित विशेष भेलामा बोल्दै उनले इश्वर भन्दा माथिकोही नहुने भन्नै सबैलाई धैर्य गर्न आग्रह गरे ।
उनले काङ्ग्रेसभित्रै मन नपर्ने मान्छेलाई टिकट दिनबाट बन्चित गरिनु मात्र नभइ झुट्टा आरोप लगाएर गिरफ्तार गराउने गरिएको समेत बताए । उनले चुनावमा असहयोग गरेको भन्दै कसैको राजनीति यात्रा सिध्याउन खोेजेको समेत बताए ।
‘बसन्त भट्टराई आफ्नो जीवनको आहुती दिन तयार हुनुहुन्थ्यो । त्यस्तो मान्छेहरुलाई समानुपातिकबाट हटाएर २५ पल्टसम्म चुनाव हारेका नेताहरुलाई राज्यसत्तामा ल्याइयो । उनिहरुले डा. शेखर कोइरालाको गुटलाई वा फरक मत राख्नेहरुलाई राज्यसत्ताको दुरुपयोग गरेर धम्क्याएर थुनाउने काम गरियो,’ उनले अगाडि भने,‘अदालत नभएको भए आज म तपाईंहरुको अघि म हुने थिएन । अदालतको एउटा आदेशको कारणले म तपाईहरुको अगाडि छु । न्यायाधीशले विवेक नपुऱ्याएको भए मलाई दुई बर्षसम्म जेलमा थुनाउने योजना थियो ।’ त्यस्तै उनले विगतमा पूर्वको काङ्ग्रेसलाई दुख्दा पश्चिमको काङ्ग्रेसलाई दुख्थ्यो वा पीडा हुन्थ्यो तर आज पछिल्लो दशबर्षमा अवस्था विग्रिएको बताए ।
त्यस्तै युवा नेता गुरुराज घिमिरेले कारवाहीको फाइल अघि नबढाउने भनेर पदाधिकारीहरुबीच भएको सहमति उल्लघंन गर्दै अनुशासन समितिले चालेको कदम त्रुटिपूर्ण रहेको बताए । उनले काङ्ग्रेसभित्र फरक मत राख्ने र महाधिवेशनमा असहयोग गरेको बहानामा अनुशासनको कारवाहीको डन्डा चलाउने काम अमान्य भएको बताए ।
हालै मात्र नेपाली काङ्ग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको थियो । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको थियो ।
सोही निर्णय विरुद्ध डा.शेखर कोइराला समूहका नेताहरुले चर्को विरोध गर्दै आइरहेका छन् । उनीहरुले देशब्यापी कार्यक्रमहरुको आयोजना गर्दै अनुशासनको कारवाही नमान्ने चेतावनी दिंदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।