गृहमन्त्री लेखकको प्रश्न: रवि लामिछाने कुन भिसामा अमेरिका गएका थिए?
२०८२ असार २५ बुधवार
- गृहमन्त्री लेखकले लामिछाने कुनै समय सहकारी प्रकरणमा हिरासतमा रहेका बेला अमेरिका गएको भन्दै त्यसबेला प्रयोग गरिएको भिसा प्रकारबारे प्रश्न उठाएका हुन्।
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिकामा कुन भिसामा गएका थिए भन्ने विषयमा स्पष्टता माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने कुनै समय सहकारी प्रकरणमा हिरासतमा रहेका बेला अमेरिका गएको भन्दै त्यसबेला प्रयोग गरिएको भिसा प्रकारबारे प्रश्न उठाएका हुन्।
“मैले सुनेको छु, उहाँ भिजिट भिसामा अमेरिका जानुभएको थियो। यदि त्यस्तो हो भने, भिजिट भिसामा गएर त्यहाँको नागरिकता लिन पाइन्छ कि पाइँदैन?” गृहमन्त्री लेखकले प्रश्न गरे।
उनले भिजिट भिसाको दुरुपयोग गर्नेहरू नै अहिले नैतिकताको पाठ पढाउन लागिपरेको भन्दै व्यङ्ग्य पनि गरे।
सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गरिरहेकै सन्दर्भमा गृहमन्त्री लेखकले रास्वपालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’