प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

२०८२ असार २० शुक्रवार
सारांश
  • स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए ।

काठमाडौं: प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । 


प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए । उनी आज शुक्रबार स्वदेश फिर्ता भएका हुन् । 


स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए ।


यस्तै स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता,स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उनको भेटवार्ता भएको थियो ।


बिहीबार उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार