- शुभकामना व्यक्त गर्दै लोकतन्त्रको रक्षा तथा संसदीय अभ्यासको सुदृढीकरणमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् ।
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।
सभामुख घिमिरेले सोमबार सार्वजनिक सन्देशमार्फत नेपाली जनसमुदाय, वर्तमान तथा पूर्व सांसद, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधीहरूलाई शुभकामना व्यक्त गर्दै लोकतन्त्रको रक्षा तथा संसदीय अभ्यासको सुदृढीकरणमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् ।
उनले संसद दिवसको अवसरमा नेपालको संसदीय इतिहासमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, लोकतन्त्र प्राप्तिका लागि संघर्षरत राजनीतिक योद्धाहरूको योगदानलाई स्मरण गरे ।
‘नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ,’ सन्देशमा उल्लेख छ, ‘आजको दिन लोकतन्त्र, संविधानवाद, जनताको अधिकार र प्रतिनिधिहरूको उत्तरदायित्व स्मरण गर्ने अवसर हो ।’
सभामुख घिमिरेका अनुसार संसद नीति निर्माण, कानून निर्माण र कार्यान्वयनमा प्रभावकारी निगरानी गर्ने प्रमुख संस्था हो। जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तलाई संविधानले संस्थागत गरेको र करसम्बन्धी प्रस्तावहरू संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको पनि उनले सन्देशमा उल्लेख गराएका छन् । ‘लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म संवाद, सहकार्य र सहमति हो,’ सन्देशमा भनिएको छ, ‘संसद वादविवादको नभई संवादको थलो बन्नुपर्छ ।’
उनले फरक विचार र प्राथमिकता भएका दलहरूबीच पनि साझा राष्ट्रिय सरोकारमा सहमति अपरिहार्य भएको बताए ।
संसदको गरिमा जोगाउन र जनअपेक्षा सम्बोधन गर्न दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै, सांसद, राजनीतिक दल, कर्मचारी, प्रेस, नागरिक समाज र सचेत नागरिकप्रति आभार व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।