वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै: अध्यक्ष प्रचण्ड

२०८२ असार १५ आईतवार
सारांश
  • आइतबार धान दिवसका अवसरमा शुभकामना दिँदै उनले समयमा मल, बीउ र सिंचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको बताए ।

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् । 


आइतबार धान दिवसका अवसरमा शुभकामना दिँदै उनले समयमा मल, बीउ र सिंचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको बताए । 


उनले भने,‘समयमा मल, बीउ र सिंचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको छ। मैले नेतृत्व गरेको सरकारको समयमा रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौं। ठूला, मझौला र साना सिंचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुयाउन सघन प्रयास गरेका थियौं। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको छ।’
त्यस्तै उनले धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिंचाइका साथै थान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गरे । 


‘आज धान दिवसका अवसरमा म धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिंचाइका साथै थान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दछु। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धान खेतीमा परनिर्भरताको अन्त्य जरुरी छ। यस विषयमा गम्भीर बनेर किसानहरूलाई न्याय गर्नसमेत सरकारसँग आग्रह गर्दछु।’उनले भने


प्रतिपक्षमा रहेर किसानका मुद्दालाई जोडतोडले उठाउँदै सरकारलाई जवाफदेही बनाउन कटिबद्ध रहेको भन्दै उनले धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणमा जुटी कृषकहरूको समस्यामा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार