प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन्: मन्त्री सिंह
२०८२ असार ७ शनिवार
- पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए ।
काठमाडौं: उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा भएको प्रतियोगिता निकै महत्वपूर्ण भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेशनल किक बक्सिङ्ग एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगितामा उनले राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको भन्दै उनको नाममा भएको प्रतियोगिताको निकै महत्व रहेको बताए ।
उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा प्रतियोगिता भएको हो । उहाँ राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्नुपर्छ भनेर लाग्नु भएको व्यक्तित्व हो । त्यो बेला महिलाहरुलाई भोट हाल्ने अधिकार पुरुषसरह हुनुपर्छ भनेर र समाजलाई अगाडि बढाउनको लागि छोराहरुलाई मात्र होइन छोरीलाई पनि अगाडि बढाउनुपर्छ । महिलाहरुको लागि पनि विद्यालय खोल्नुपर्छ भनेर जुलुस निकालेर महिलाहरुको अधिकारको लागि मंगलादेवीले धेरै ठूलो योगदान गर्नुभएको थियो ।’
यस्तै, उनले मंगलादेवीले महिलाहरुलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए ।
आज भएको तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगिताले खेल क्षेत्रमा अझ उत्साह थप्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।