स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो: प्रधानमन्त्री

२०८२ असार ७ शनिवार
सारांश
  • उनले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन् । 


शनिबार काठमाडौंमा आयोजित ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए ।


उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौ । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होईन । हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ ।’ 


यस्तै, उनले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए । 


काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार