हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग

२०८२ असार ०१ आईतवार
सारांश
  • आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् । 


आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए । 


उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरुमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपाली पनि मनसुनको सिजन आउँदैछ । सरकारले अन्तिम चरणमा पु¥याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरुलाई पनि प्रभाव परेको छ । उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ ।’ 


उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरुको मृत्यु भएको भन्दै उनीहरुप्रति भावपुर्ण श्रद्धान्जली पनि व्यक्त गरेका छन्  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार