भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे

२०८२ असार ०१ आईतवार
सारांश
  • आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि पूजा केवल पुरातन मान्यता नभइ वैज्ञानिक आधारसमेत भएको बताए ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 


आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि पूजा केवल पुरातन मान्यता नभइ वैज्ञानिक आधारसमेत भएको बताए । 


उनले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन सक्ने स्पष्ट पारे । 


उनले भने, ‘पृथ्वी असन्तुलनमा जाँदैछ भन्ने चिन्ता बढ्दो छ, र मानव समाज संकटमा पर्न सक्ने खतरा देखिँदैछ ।’


यस्तै, उनले मगर समुदायको परम्परागत ज्ञान र आचरणले भूमिलाई क्षति नपु¥याउने उदाहरण प्रस्तुत गर्दै यस्ता अभ्यासहरूलाई विश्वभर फैलाउन आवश्यक रहेको बताए । 


उनले भने, ‘भूमि पूजाले जलवायु परिवर्तनको विरुद्ध सकारात्मक सन्देश दिन्छ। यसमा प्रकृति पूजाको पक्ष पनि जोडिएको छ, जसले जल, जंगल, जमिन र स्वच्छ वायुको संरक्षणको संदेश दिन्छ ।’ 


उनले संस्कृति मन्त्रालयद्वारा संस्कृतिक पर्वहरूको सूचीकरण र व्यवस्थापन कार्यविधि पारित भइसकेको जानकारी गराउँदै भूमे पर्वलाई पनि सूचीकरण गरिने विश्वास व्यक्त गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार