जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा
२०८२ जेठ २७ मंगलवार
- मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र पहाड बचाउन जरुरी रहेको बताएका छन् । मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘जलवायु परिवर्तन भैइरहेको छ । हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ , पहाड बाचे हाम्रो अस्तित्व पनि बाच्दछ । हामीले वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने छ । नेपाललाई बढि भन्दा बढि हराभरा बनाएर जलवायु परिवर्तनलाई रोक्न सक्छौं ।’
साथै उनले नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने बताए । उनले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए।
उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । त्यसैले व्यापारीहरु व्यापार गर्नुस्, उद्योगीहरु उद्योग खोल्नुस्, के के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं । हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’
यसैगरी महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको बताए । उनले कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए ।
उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।