कार्यकर्तालाई समर्पित बनाउने हो ‘झोले’ होइन् : अध्यक्ष नेपाल
२०८२ जेठ २५ आईतवार
- आइतकार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस् ,झोले नबनाउँनुहोस् भन्दै सुझाए ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् ।
आइतकार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस् ,झोले नबनाउँनुहोस् भन्दै सुझाए ।
उनले भने,‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ । त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं । सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस् । आग्रहपूर्वाग्रह नलियोस् । देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस् । आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस् ,झोले नबनाउनुहोस् ।’
त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए ।
उनले भने,‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको ? जबकी यो भन्दा शक्तिशालि सरकार संभवत अर्को बन्न सक्दैन् । सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो । जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ ।’
त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरु लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’