एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली
२०८२ जेठ २३ शुक्रवार
- नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए । ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने
भक्तपुर : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए । ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने ।
ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए । एमाले देशको सबैभन्दा ठुलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनले सुनाए ।
यस्ता अवस्थामा पनि पार्टी माथि भएको आक्रमण सामना गर्न नसक्नु लाचारी हुने उनले सुनाए । अहिलेको सबै खालका चुनौतीको एमालेले सहज सामना गर्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।