- अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले
जनकपुर: मधेश केन्द्रित साना पाँच दलहरु मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् ।
बिहिबार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरुले गठबन्धन घोषणा गरेका छन । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।
घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सक्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए ।
कथित मधेशका मसिहा कहलाउनेहरुले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता रकर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले आफूहरुको गठबन्धन ईच्छाले नभई जनता र मधेशलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।