सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

२०८२ जेठ ६ मंगलबार
सारांश
  • मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए ।

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् । 


मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए । 


उनले भने, ‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ । सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, पारदर्शिता भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ । यदी पारदर्शिता छैन् भने सुशासन हुदैँन् र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ । त्यसकारण सुशासनको लागि पनि सूचनाको हक आवश्यक छ ।’


यस्तै, उनले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए । 


उनले भने, ‘सूचनाको हकलाई हामीले संविधानको मौलिक हकमा राखेका छौ । लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले हामीले पनि व्यवस्थित गरेका छौ । प्रत्येक नागरिकलाई सूचना पाउने हक छ र सूचना सार्वजनिक सरोकारको विषय हो । कुनैपनि सरकारी कार्यालयमा आफ्नो काम छ भने त्यो कहाँ पुगेको छ भन्ने जानकारी लिन पाउनुपर्ने हक पनि प्रत्येक नागरिकलाई छ । नागरिकलाई सूचना पाउने हक भनेको सरकारको दिने दायित्व हो । सरकारले त्यो उपलब्ध गराउनुपर्छ ।’


यसका साथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार