हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

२०८२ जेठ ५ सोमबार
सारांश
  • मन्त्री लेखकले विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन् ।

काठमाडा : गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । 

 

मन्त्री लेखकले विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन् । 

बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरुको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । 


हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् । 


त्यसैगरि बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसंग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी ध्यान दिन अनुरोध गरेका हुन् । 


बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार