मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन् : अध्यक्ष सिंह

२०८२ बैशाख ३१ बुधबार
सारांश
  • बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् ।

काठमाडौं : नेपाल वैदेशिक रोजगार संघको अध्यक्ष भुवन सिंहले मलेसियामा लगाइएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताए । 


बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् । 


‘मलेसियामा लगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ति सिण्डिकेट लगाउन खोजे जसरी आउछ त्यसरी नै फाल्न तयार हुनेछौ । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’  उनले भने । 


उनले आफुले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट टोड्न प्रक्रिया अपनाउने बताए । 


यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्ष रोहन गुरुङले मलेसियामा काम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्न निर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरुमा पनि बढ्दै जाने भन्दै व्यवसायीहरु पलायन हुने वातावरण सिर्जना हुने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार