हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल
२०८१ बैशाख २८ आइतबार
- राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गरेका हुन् ।
काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गरेका हुन् । ।
उनले तथ्य र तथ्याङ्क प्रस्तुत गर्दै सोही आधारमा देशको भौगोलिक स्थिति, शिक्षक—विद्यार्थीको अनुपातलाई दृष्टिगत गरेर हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका सामुदायिक विद्यालय गाभ्नुपर्ने बताए ।
सांसद् पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको बताए ।
उनले १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको संख्या १५ हजार ९६५ रहेको, १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ९ हजार ७०४ रहेको, ५०१ देखि १ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ हजार ६३६ रहेको जानकारी दिए ।
उनले १ हजार १ देखि १ हजार ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ४५९ रहेको, १ हजार ५०१ देखि २ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १३६ रहेको र २ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १०० रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।