कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड
२०८१ बैशाख २८ आइतबार
- शनिबार नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको बताएका हुन् ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् ।
शनिबार नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको बताएका हुन् ।
उनले भने, ‘मैले नजिकबाट हेरेको, बुझेको, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । विचौलियाहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । दलालहरुले होटेलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए । कांग्रेस एमाले आफ्नो बुद्धिले मिलेको मलाई लाग्दैन । यो देशमा दलाल, बिचौलिया, ठगहरुले उहाँहरुलाई मिलाइदिएर माओवादी केन्द्रको नेतृत्वमा सरकार रहिराख्यो भने हाम्रो त भविश्य बर्बाद हुने भो यिनीहरुले त विकास निर्माण, सुशासन भनेर हामीलाई जेल पो हाल्ने भए भनेर उनीहरुकै इसारामा यो गठबन्धन बन्यो ।’
उनले माओवादीको नेतृत्वमा सकरात्मक काम भएको विचौलिया, नोकरशाह, दलालहरुलाई मन नपरेकाले उनीहरुले सरकार ढालेको बताए ।
‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो,भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुजिपतिलाई त्यो सैह्य भएन,स्वार्थ केन्द्रहरुले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैं ढल्छ,हामीले ढालिरहनु पर्दैन,’ प्रचण्डले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।