तीनजना नेताले देशलाई बिरता ठानेर दोहन गरिरहेका छन्ः लोहनी

२२ बैसाख, २०८२, सोमवार
सारांश
  • त्यस्तै उनले नेपालमा संविधानभित्र राजसंस्था भएमात्रै स्थायीत्व दिन सकिने धारणा राखे । अहिले लोकतन्त्रको नाममा देशलाई ध्वस्त गर्ने काम भइरहेको पनि उनको भनाई छ ।

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरिने जानकारी दिएका छन् । 


सोमबार काठमाडौंमा बसेको राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल ऱ्यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए । 


त्यस्तै उनले देशमा अराजकता, भ्रष्टाचार र अत्याचार भइरहेको भन्दै देश केही तीन नेताले बिरताको रुपमा दोहन गरिरहेको बताए । कुनैपनि स्वाभिमानी नेपालीले सहेर नबसी त्यसकाविरुद्ध आन्दोलन गर्नु राष्ट्रिय धर्म भएको उनको भनाई छ । 


उनले भने, ‘आन्दोलन गर्नु रहर होइन् । नेपाली जनताको लागि बाध्यात्मक भइसकेको छ । देशमा दुई तरिकाले शासन चलेको छ । अराजकता, भ्रष्टाचार र अत्याचार छ । देश केही तीन जना नेताको बिरता जसरी देशको दोहन भइरहेको छ । यसलाई कुनैपनि स्वाभिमानी नेपालीले सहेर बस्न सक्दैन् । त्यसैले यसको विरुद्ध आन्दोलन गर्नु आज हाम्रो राष्ट्रिय धर्म हो ।’


त्यस्तै उनले नेपालमा संविधानभित्र राजसंस्था भएमात्रै स्थायीत्व दिन सकिने धारणा राखे । अहिले लोकतन्त्रको नाममा देशलाई ध्वस्त गर्ने काम भइरहेको पनि उनको भनाई छ ।   
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार