एनआरएनको एकता महाविधेशन शुरु, परराष्ट्रमन्त्री राणाको सुझाव एकता भएर अघि बढ्नुहोस्
२०८२ वैशाख २० शनिबार
- परराष्ट्रमन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन शुरु भएको हो । काठमाडौमा शुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रुपमा लैजाने अपेक्षाका विचमा शुरु भएको हो ।
काठमाडौं : गैरआवसिय नेपाली(एनआरएनए)को एकता महाधिवशेन काठमाडौंमा शुरु भएको छ ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन शुरु भएको हो । काठमाडौमा शुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रुपमा लैजाने अपेक्षाका विचमा शुरु भएको हो ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा एकता महाधिवेशन शुरु भएको हो ।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनए परिचयपत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् ।
उनले सर्वोच्मा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन् ।
एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैरआवासिय नेपालीहरु एक भएर अघि बढ्न पनि सुझाव दिइन् ।
उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रुपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरुमा विवाद भन्दा एक भएर जान र उनीहरुसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे ।
उनले एनआरएनएहरुलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास शुरुवात गरे नेपालले पनि यसवाट सिक्नुपर्ने पनि बताए ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवशेन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरुहरुको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्वोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए ।
उनले आफूहरुको समय र अहिलेको समय फरक भएकाले अब युवाहरु नेतृत्वमा आर्कषित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सवैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउँन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिदैछ । सोमबार कार्यक्रम समापन हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’