सरकारी सेवामा इन्टर्न प्रयोग गरिने, कृषिसम्बन्धी परियोजनामा धितो राखेर कर्जा दिइने
२०८२ वैशाख १९ शुक्रवार
- स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ । हप्तामा २० घन्टाको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ ।’
काठमाडौं : सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने बताएका हुन् ।
उनले भने, ‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ । हप्तामा २० घन्टाको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ ।’
त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घन्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए ।
राष्ट्रपति पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने समेत बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए ।
त्यस्तै कृषिलाई प्रवद्र्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले कृषिकार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए । उनले नेपालमै प्रांगरिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।