आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

१८ बैसाख, २०८२, बिहिवार
सारांश
  • सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

काठमाडौँ, १८ वैशाख । आज मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तर्राष्ट्रिय  श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन  मनाउने गरिन्छ । 


विश्वभरका श्रमिक वर्गहरुले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस मनाउदै आएका छन् ।   


सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । 

 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।


नेपालमा २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ को परिवर्तनसँगै श्रम दिवस मनाइन थालिएको हो । २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा आजको दिन सार्वजनिक बिदा समेत दिन थालिएको छ ।


नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार