संयुक्त समितिमा आ.व.२०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदनमा छलफल सुरु
२०८२ वैशाख १७ बुधबार
- बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।
काठमाडौं : संयुक्त समिति आर्थिक वर्ष २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ ।
बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।
उनले भने, ‘नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ.व. २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।’
त्यस्तै, उनले प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मुल्याङ्कन र अनुगमन गरेर त्यसको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘यो प्रतिवेदनमा उल्लेख भएका सम्पूर्ण विषयवस्तुलाई अध्ययन गरेर त्यसको आधारमा यो कार्यान्वयनको अवस्था के छ भन्ने कुराको मुल्याङ्कन गरेर अनुगमन गरेर यो प्रतिवेदनको आधारमा संघीय संसदमा प्रतिवेदन समेत प्रस्तुत गर्नुपर्ने भएको हुनाले यसको विस्तृत छलफल गर्न अर्को बैठक आयोजना गर्नेगरी आजको बैठक सम्पन्न भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’