निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री
२०८१ चैत २८ बिहिबार
- नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्माविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ ।
यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ । सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं । स्थिरता, स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो । अस्थिरताको अन्त्य, गतिशिल स्थिरता, गतिशिल स्थायित्व, सरकारको विश्वसनियता र नीतिहरु छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरु पनि उसले उच्चारण पनि गर्न हुँदैन भन्ने मानसिकता राख्ने, नीतिगत अस्थितरता जस्ता कुराहरुको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र स्थायित्वको जस्ता कुराहरुका साथ अगाडि बढ्का निम्ति नै सरकार बनेको हो ।’
साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्युनिकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिवद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।
यसैगरी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ । राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस पनि बढाएर लगेका छौं । विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले संकुचित भएको छ । यो अझै पनि घट्ने सम्भावना छ । ’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।