धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

२०८१ चैत २५ सोमबार
सारांश
  • आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्  ।

 

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।


मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।’


मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।


नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२÷०८३ मा धरानमा खानेपानीका लागि वजेट विनियोजन गरि दिनका लागि मात्र पत्र बुझाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार