माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
२०८१ चैत २५ सोमबार
- काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताएका छन् ।
काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताएका हुन् ।
उनले भने,‘२०४६ सालमा राजनीतिक दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए । मुलुकमा हिंसाको राजनीति सुरु भयो । २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व ग¥यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन । युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो ।त्यो एक दशक हामीले त्यसरी गुजार्यौं ।’
त्यस्तै उनले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताए । नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय नपाएको उनको भनाई छ ।
उनले भने,‘नेपालका राजनीतिक दलहरुको इतिहास ७५ वर्षको मात्रै छ । युरोप–अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । त्यो समयदेखि उनीहरुले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय भएका छैनन् ।’
परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।