बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय खोज्न जरुरी छ : मन्त्री पौडेल
२०८१ चैत्र २१ विहिबार
- उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरु उपचार सेवा लिनको निम्ती यहाँ आउने स्थिती बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवा शुक्रबार समुद्घाटन गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो ।
उक्त सेवा कार्यक्रमको समुद्घाटनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास गर्न स्थानियहरुको धेरै ठूलो भूमिका रहने बताएका छन् ।
उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरु उपचार सेवा लिनको निम्ती यहाँ आउने स्थिती बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ काठमाडौंको सेवाबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास गर्न स्थानियहरुको धेरै ठूलो भूमिका रहन्छ । स्थानियहरुको साथ सहयोगले नै आयुर्वेद पर्यटन केन्द्रका रुपमा विकास हुने भएकाले म त्यसको निम्ती सबैलाई अपिल समेत गर्न चाहन्छु । यो हाम्रो क्षेत्रमा, हाम्रो ठाउँमा यो बनेको छ । यसलाई चाँही नेपालकै पञ्चकर्मको केन्द्र अथवा पर्यटकहरु उपचार सेवा लिनको निम्ती यहाँ आउने स्थिती बनाउनका निम्ती हामी सबैले प्रयत्न गर्न जरुरी छ ।’
यसैगरी उनले उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरु भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको बताए । उनले बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्र्तगत कामहरु गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘खासगरी बिरामी भएपछि उपचार कसरी गर्ने भन्ने बारेमा हामीले केही हदसम्म बहस गरिरहेका छौं । केही उपलब्धिहरु पनि भएका छन् तर त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन । यसरी नै बिरामीको संख्या बढ्ने हो भने हामीले बिरामीहरुको उपचार गर्ने विषयलाई पूर्णतातिर होइन,अझ अपुग हुने स्थिती बन्छ । हामीले बिरामी बढाउने होइन, बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्र्तगत कामहरु गर्न जरुरी छ । हामीले निरोगी नेपाली अथवा नेपालीलाई रोग लाग्न नदिन के के उपाय अपनाउन सकिन्छ त्यसको लागि स्वास्थ्य मन्त्रालय कोशिष गरिरहेको अवस्था छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गगनको ‘तर्सिने बानी परेन’ स्ट्याटसपछि सौरभ राज पन्तको सुझाव—बालेन, गगन र रविलाई : ‘चेकमेट आफ्नै पक्षलाई होइन, बाह्य शक्तिकेन्द्रलाई दिन सक्नुपर्छ’
-
सत्ताले कांग्रेसको आन्तरिक विषयमा आँखा लगाउन आवश्यक छैन- देवराज चालिसे
-
भारतको तेलंगानातर्फ जादै चक्रवात 'मुरासु', हावाहुरी र भारी वर्षा
-
तिहारमा फूलमाला बेच्न काठमाडौं महानगरले छुट्यायो ३३ ठाउँ
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।