राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

२०८१ चैत्र १५ शुक्रवार
सारांश
  • प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् ।

काठमाडौं :राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् । 


नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।


प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार