काँग्रेसका जनप्रतिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन
२०८१ चैत्र ११ सोमवार
- सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए ।
इटहरी: नेपाली काँग्रेस महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचारगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए ।
थप स्पष्ट पार्दै उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन् । त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यानदिनुपर्छ । जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ । संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ ।’
संविधान भित्र रहेर जनताको अपेक्षा पुरागर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनेपर्ने धारणा राखे । काँग्रेसकै कारण संघियता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफुले राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए ।
काँग्रेस गणतन्त्र र संघियताप्रति एक इन्चपनि दायाँबायाँ नहुने थापाले बताएका छन् । महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस विभाजन हुँदा नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले काठमाण्डौमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्ने भन्दै प्रदेशको अवधारणा विकास गर्यो ।
शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रीकले नेपाललाई संघियतामा लैजाने निर्णय गरेको हो । त्यसैले संघियता काँग्रेसको अवधारणा हो । यो सहि ढंगले चलेको छैन तर चलाउन सकिन्छ । त्यसमा काँग्रेस दृढ संकल्पीत छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।