पार्टीले खेलकुदलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ : सभापति देउवा

२०८१ चैत्र ७ विहिवार
सारांश
  • १५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस खेलकुद विभागद्वारा आयोजित खेलकुद नीति तथा कार्यक्रम विषयक बिचार गोष्ठी कार्यक्रममा उनले खेलकुद युवाहरुको लागि एकदमै महत्वपूर्ण भएको भन्दै पार्टीले खेलकुदलाई अझ अगाडि बढाउने विश्वास लिएको बताए ।

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरुको लागि खेलकुदको एकदमै धेरै महत्व भएको बताएका छन् । 


बिहिबार शिखर पुरुष, नेपाली काग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालको १५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस खेलकुद विभागद्वारा आयोजित खेलकुद नीति तथा कार्यक्रम विषयक बिचार गोष्ठी कार्यक्रममा उनले खेलकुद युवाहरुको लागि एकदमै महत्वपूर्ण भएको भन्दै पार्टीले खेलकुदलाई अझ अगाडि बढाउने विश्वास लिएको बताए । 


उनले भने, ‘खेलकुद युवाहरुको लागि एकदमै महत्वपूर्ण कुरा हो । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउने छ भन्ने विश्वास लिएको छु । शरिरको साथै मानसिकता पनि स्वस्थ हुनुपर्छ । खेलबाट मानसिक विकास पनि हुने हुनाले पनि खेल पनि आवश्यक छ ।’ 


यस्तै, आजको गोष्ठी आयोजना गरेकोमा नेपाली काङ्ग्रेस खेलकुद विभागलाई धन्यवाद दिदैँ उनले यस्ता कार्यक्रमले खेलाडीहरुको मनोबल बढाउनुको साथै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याउने पनि बताए ।  


सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा बजेट नपुगेको भन्दै बजेट बढाउनको लागि प्रयास गरिरहेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार