- बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए ।
उनले भने, ‘सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ । सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ ।’
त्यस्तै उनले घरघरमा ग्यासको पाइप पु¥याउने भनेको दश वर्ष हुँदा पनि केही नभएको बताए । उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार कारबाही गर्न हात धोएर लागेको भन्दै आपत्ति जनाए ।
उनले भने,‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पु¥याउने भनेको, मैंले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो । दश वर्ष जति भएछ । जसले बिजुली चुलोसम्म पु¥याउने नीति बनाउँदैथ्यो, उसलाई सरकार कारबाही गर्न तम्तयार भएर हात धोएर लागेको छ । एक रुपैयाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्का जाम र टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही सदनमा हुनुहुन्छ । आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदैगर्दा ति दाईहरु किन मौन हुनुहुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’