राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चल्यो: प्रचण्ड

२०८१ फागुन १९ गते सोमबार
सारांश
  • डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए ।

जनकपुर: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् ।

 

आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् ।

 

डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए ।

 

त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताए ।

 

अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उनले स्पष्ट पारे । उनले जनकपुरधाम ऐतिहासिक शहर भए पनि राजनीतिकरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताए । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

जनकपुर रेलवे सुधारका लागि मालवाहक बोगी थप्न पहल गर्ने उनले बताए । भारतसँग भएको विद्युत व्यापारले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा व्यापारीहरूले नेपालमा औद्योगिक विकासको कमी, युवा पलायन जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार