‘नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवम् स्वाधिन अर्थतन्त्रमा जोड दिनुपर्छ’

२०८१ फागुन १९ गते सोमबार
सारांश
  • सोमवार नेपाल विश्व सम्बन्ध परिषदको ७७ औँ बार्षिक सभामा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउन नेपाल विश्व सम्बन्ध परिषदको जिम्मेवारी बढेको भन्दै यस्तो धारणा राखेका हुन् ।

काठमाडौं :  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वालम्वी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् । 


सोमवार नेपाल विश्व सम्बन्ध परिषदको ७७ औँ बार्षिक सभामा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउन नेपाल विश्व सम्बन्ध परिषदको जिम्मेवारी बढेको भन्दै यस्तो धारणा राखेका हुन् । 


उनले भने, ‘नेपाललाई आत्मनिर्भर, स्वाभलम्बी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अनिवार्य छ । यस सन्दर्भमा यस परिषदको जिम्मेवारी झनै बढ्दो छ ।’ 


उपराष्ट्रपति यादवले नेपाल स्तरोन्नती हुनेक्रममा रहेकाले विकास साझेदारीहरुबाट स्रोत साधन प्रविधिलगायत आर्थिक साझेदारीका लागि अपेक्षा गरिएको पनि बताए ।

  
यसका साथै, उनले भू–राजनीतिक अवस्था, असमानता, आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटले विश्व शान्ति समृद्धिमा नयाँ चुनौति थपिएको बताए ।  

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार