लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखियो: गृहमन्त्री
२०८१ फागुन १७ गते शनिवार
- समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखा परेको बताएका छन् ।
शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन् । उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ ।
समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ । समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ । व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ । समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ । समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले । जो व्यक्ति लागूऔषधको दुव्र्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ । तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ ।’
साथै उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए । उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए ।
उनले भने, ‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको छ । झण्डै ३३ प्रतिशत भन्दा बढी मानिसहरु लागूऔषधको दुव्र्यसनमा परेका छन् । एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन् । मानिस लागूऔषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागूऔषध नै छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।