अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

२०८१ फागुन ०५ सोमवार
सारांश
  • सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो ।


काठमाडौं : कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ । 


सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो । 


अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराएको छ ।


साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार