- फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।
काठमाण्डौ, ०३ कार्त्तिक । फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।
पेरिसको प्लास द ला रिपुब्लिक र लेस आल क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। मार्से, बोर्डो, निस र लियोनसहितका सहरमा पनि आंशिक कर्फ्यु लगाइएको छ ।
प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने करिब १ हजार सुरक्षाकर्मी घाइते भएका छन् । दङ्गाका क्रममा पसल, सवारीसाधन र भवनमा आगजनी तथा लुटपाट भएको छ ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेबाट त्यसको खर्च असुल्ने बताएका छन् ।
फ्रान्सका वाणिज्य तथा उद्योगसम्बन्धी संस्थाका अनुसार हिंसाका कारण २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रभावित भएका छन् । क्षतिको रकम करोडौँ युरो पुग्न सक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’