गगन थापाले शपथ ग्रहण तथा पदबहाली गर्दै

१ कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् ।

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् । 

 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज दिउसो २ बजे शपथ तथा पद बहाली कार्यक्रम हुने भएको छ ।

 

महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि थापाले आज शपथ ग्रहण तथा पदबहाली गर्न लागेका हुन् ।

 

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ तथा पद बहाली भने दशैँपछि हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार