राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
३० असोज, २०८३
- राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।
यसैगरी, राष्ट्रपतिले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’