एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
२८ असोज, २०८३
- एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ ।
काठमाडौँ : एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ ।
सबस्टेसनमा ग्यास इन्सुलेटेड स्विचगियर तथा नियन्त्रण भवन, ट्रान्सफर्मर जडानस्थलका जग, ग्यान्ट्री र अन्य उपकरण जडानस्थलका जग निर्माण भइरहेको छ ।
निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम बिन्दुका रूपमा रहनेछ । यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनुका साथै भरपर्दो विद्युत् आपूर्तिमा सहयोग पुर्याउनेछ ।
यस आयोजनाले भारतसँग विद्युत् व्यापार गर्ने नेपालको क्षमता पनि बढाउने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
-
चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
-
मलेसियाका प्रस्तावित राजदूत खरेलविरुद्ध गम्भीर उजुरी, सांसदहरु सुनुवाई रोकेर छलफलमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’