अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी

२७ असोज, २०८३
सारांश
  • यमनमा जारी युद्धमा अमेरिका सहभागी भए पीडादायी जवाफ दिने हुथी समूहले चेतावनी दिएको छ ।

काठमाडौँ : यमनमा जारी युद्धमा अमेरिका सहभागी भए पीडादायी जवाफ दिने हुथी समूहले चेतावनी दिएको छ । 

 

हुथी समूहका राजनीतिक ब्युरो सदस्य मोहम्मद अल बुखाइतीले अमेरिकाले यमनमाथि आक्रमण गरे त्यसको तत्काल जवाफ दिइने बताएका छन् ।

 

साउदी अरबका तेल केन्द्र, विमानस्थल र अन्य पूर्वाधारमा हुथी समूहले लगातार आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई सहयोग गर्दै हुथीविरुद्धको आक्रमणमा सहभागी हुने सम्भावना विचार गरिरहेको बताएका थिए ।

 

शनिबार रियादस्थित विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । त्यसपछि साउदी अरबमा सुरक्षा सतर्कता बढाइएको छ । सोमबार साउदी नेतृत्वको सैन्य गठबन्धनले यमन सीमानजिक खमिस मुशैततर्फ प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र रोकिएको जनाएको छ । 

 

हुथी समूहले भने साउदीका तेल केन्द्र र विमानस्थललाई पनि लक्षित गर्ने चेतावनी दिएको छ । आक्रमणको जोखिमका कारण एतिहाद र गल्फ एयरले रियादका उडान रद्द गरेका छन् । अमेरिकी दूतावासले पनि साउदी अरबमा हवाई यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

 

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले साउदी अरबमाथिका लगातार आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरेका छन् । यमनमा लामो समयदेखि जारी युद्धले देशमा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार