- कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम दिने भएको छ ।
काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम दिने भएको छ ।
उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि मन्त्री गीता चौधरीले स्वीकृत गरेकी छन् ।
आर्थिक वर्ष २०८३।८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिने मन्त्रालयले बताएको छ ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।