इरानी तेल कारोबारमा संलग्न भारतीयसहितका कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

२३ असोज, २०८३
सारांश
  • अमेरिकाले इरानबाट उत्पादित तेल, पेट्रोलियम पदार्थ र पेट्रोरसायनको कारोबार गरेको आरोपमा १० संस्था, छ व्यक्ति र पाँच पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।

काठमाडौँ : अमेरिकाले इरानबाट उत्पादित तेल, पेट्रोलियम पदार्थ र पेट्रोरसायनको कारोबार गरेको आरोपमा १० संस्था, छ व्यक्ति र पाँच पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । 

 

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा भारत, संयुक्त अरब इमिरेट्स, टर्की, इरान र बेलायतसँग सम्बन्धित कम्पनी तथा व्यक्ति परेका छन् । प्रतिबन्धमा पाँच भारतीय नागरिकसमेत छन् ।

 

भारतस्थित एसएसपीएल सोलुसन्सका सञ्चालक ध्वनि निसर्ग भोरा र निसर्ग समीर भोरामाथि सन् २०२५ मा करिब २० लाख अमेरिकी डलर बराबरका इरानी पेट्रोरसायन आयात गरेको आरोप छ । त्यस्तै, समुद्री सेवा प्रदायक कम्पनी समुन्द्र मरीन सर्भिसेजका तीन भारतीय सञ्चालकलाई पनि प्रतिबन्ध लगाइएको छ ।

 

टर्कीको नुर्जाद पेट्रोकिम्या र संयुक्त अरब इमिरेट्सका अरेबियनप्रो मटेरियल्ससहित पानीजहाज व्यवस्थापन गर्ने दुई कम्पनी पनि प्रतिबन्धमा परेका छन् । ती कम्पनीले इरानी पेट्रोलियम पदार्थको कारोबार र ढुवानीमा सहयोग गरेको अमेरिकी आरोप छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत यी कदम चालिएको हो । इरानलाई तेल तथा पेट्रोरसायन बिक्रीबाट आम्दानी गर्न सहयोग गर्ने सञ्जाललाई कमजोर बनाउनु प्रतिबन्धको उद्देश्य रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार