म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

१३ असोज, २०८३, मगलवार
सारांश
  • म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

काठमाडौँ : म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

 

अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

आक्रमण किस्सापनादी पुल क्षेत्र र भारतीय बजार वरपर भएको थियो । भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी न्युज बर्मीजले जनाएको छ । अराकान आर्मीले आक्रमणका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ र जवाफी कारबाहीको चेतावनी दिएको छ । सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मृतकहरू अराकान आर्मीका सदस्य भएको दाबी गरेका छन् ।

 

यो घटना पछिल्ला महिनामा रखाइन राज्यमा नागरिकमाथि भएका सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार