उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

६ असोज, २०८३, मगलवार
सारांश
  • उत्तर कोरियाले नयाँ हतियार प्रणालीको परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार परीक्षणमा ह्वासोङ–११ एमए नामको हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो

काठमाडौँ ; उत्तर कोरियाले नयाँ हतियार प्रणालीको परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार परीक्षणमा ह्वासोङ–११ एमए नामको हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन छोरीसहित परीक्षण अवलोकन गर्न पुगेका थिए ।

 

किमले नयाँ हतियारको विकासले देशको युद्ध तयारी थप मजबुत बनाउने र शत्रुका लागि ठूलो चुनौती सिर्जना गर्ने बताएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटको वोनसान क्षेत्रबाट करिब तीन घण्टाको अन्तरमा दुई छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको थियो। ती क्षेप्यास्त्र करिब ४५० र ६०० किलोमिटर टाढासम्म पुगेका थिए ।

 

उत्तर कोरियाले यसअघि ह्वासोङ–११ एमएलाई हाइपरसोनिक हतियारका रूपमा दाबी गर्दै आएको छ । आवाजको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रले उडानका क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले त्यसलाई पहिचान र रोक्न कठिन हुने बताइन्छ । यद्यपि, उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रसम्बन्धी दाबीमा दक्षिण कोरिया र विज्ञहरूले प्रश्न उठाउँदै आएका छन् ।

 

उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र र आणविक हतियारको विकासलाई तीव्रता दिइरहेको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानको सन् २०२६ को अनुमानअनुसार उत्तर कोरियासँग करिब ६० आणविक हतियार छन् । उत्तर कोरियासँग छोटो दूरीका क्षेप्यास्त्रदेखि अमेरिकासम्म पुग्न सक्ने क्षमताका ह्वासोङ–१७ र ह्वासोङ–१८ जस्ता अन्तरमहादेशीय क्षेप्यास्त्रसमेत रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार