परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौँका लागि प्रस्थान

१३ असोज, २०८३, मगलवार
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् ।

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित दोहा हुँदै काठमाडौँ आउन लागेका हुन् ।

 

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा नियोगका अधिकारीहरूले विमानस्थलमा मन्त्री खनाललाई बिदाइ गरेका थिए ।

 

मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।

 

राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुदै मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए ।

 

उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाएका थिए । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार