महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता
५ भाद्र, २०८३, शुक्रवार
- काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८३/०८४ का लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो । स्थानीय सरकारको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु सम्झौताको उद्देश्य हो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना, एकाई सचिवालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।
काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८३/०८४ का लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो । स्थानीय सरकारको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु सम्झौताको उद्देश्य हो ।
गएको असार महिनामा सम्पन्न, नगर सभाको १९ औँ अधिवेशनबाट स्वीकृत वार्षिक नीति, नीति कार्यान्वयनका लागि तर्जुमा गरिएको बजेट तथा कार्यक्रमलाई प्रभावकारी, सहभागितामूलक, लागतप्रभावी रुपमा कार्यान्वयन गर्नु सम्झौता बमोजिमका मुख्य दायित्व हुन् । मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितको कार्ययोजना कार्यान्वयन गर्नु यसको अर्को मुख्य काम हो । सेवा प्रवाह चुस्त हुनु, प्रशासनिक सुधारका संकेत महसुस गर्न पाउनु, आन्तरिक समन्वय बलियो हुनु, कार्य सम्पादनका लागि स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुनु यसले सम्झौताले कल्पना गरेको अवस्था हो ।
सम्झौताबमोजिम अधिकारीहरुले लक्ष्यको कम्तीमा ८० प्रतिशत प्रगति हासिल गर्नुपर्नेछ । सरकारी खर्चको पारदर्शितालाई ध्यानमा राख्दै महालेखापरीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजुहरूलाई प्राथमिकताका साथ फछर्योट गर्ने र लेखापरीक्षणका सुझावको पालना, स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीमा उत्कृष्ट नतिजा, सं तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र महानगरका आफ्नै गौरवका आयोजनाहरूको प्रभावकारी सञ्चालनका लागि विभागले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । कार्यपालिकाका निर्णयहरूको समयबद्ध कार्यान्वयन, महत्वपूर्ण कागजातको सुरक्षा र अधिकार प्रत्यायोजन बमोजिमको नियमित रिपोर्टिङलाई सम्झौतामा समावेश गरिएको छ ।
सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ । यसका आधारमा विभागीय प्रमुखहरुलाई प्रमुख प्रशासकीय अधिकृतबाट अधिकार प्रत्यायोजन समेत भइसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी
-
इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध
-
बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
-
काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
गरिमा चौधरीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।