राष्ट्र बैंकले भन्यो- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समस्या छैन
२८ श्रावण, २०८३, बिहिवार
- राष्ट्र बैंकका अनुसार बैंकको तरलता तथा अन्य वित्तीय सबलताका सूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक अवस्थामा छन् । त्यसैले अहिले बैंकको दैनिक कामकारबाहीमा कुनै समस्या आउने अवस्था नरहेको स्पष्ट पारेको छ ।
काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय र सुझाव लिएर थप छलफल भइरहेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकको तरलता तथा अन्य वित्तीय सबलताका सूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक अवस्थामा छन् । त्यसैले अहिले बैंकको दैनिक कामकारबाहीमा कुनै समस्या आउने अवस्था नरहेको स्पष्ट पारेको छ ।
जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, अवधि र गम्भीरतासहित बैंकको दैनिक अवस्थालाई समेत हेरेर आवश्यक कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ। त्यसपछि कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।