देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने

२६ श्रावण, २०८३, मगलवार
सारांश
  • देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै बैठकमा पनि सहभागी नभएका कोइराला भेलामा भने सम्बोधन गर्न जान लागेका हुन्।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

 

गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले २९ गते काठमाडौंमा भेला राखेको छ।

राष्ट्रिय भेलामा नेता कोइराला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै बैठकमा पनि सहभागी नभएका कोइराला भेलामा भने सम्बोधन गर्न जान लागेका हुन्।

 

पार्टीभित्रको आन्तरिक विवादमा नेता कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना गरेको छ।

 

भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। आधिकारिकता विवादमा सर्वोच्चबाट निस्सा पाएपछि यो समूह हौसिएको छ। फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार